बिहीबार, ६ वैशाख २०८१

जनता बैंकले एक अर्ब ७० लाख ९१ हजार ९३५ रुपैयाँको बोनस सेयर वितरण गर्ने

समयपोष्ट २०७४ मंसिर १६ गते ६:४८

जनता बैंकले एक अर्ब ७० लाख ९१ हजार ९३५ रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबारको बैठकले चुक्ता पूँजी ६ अर्ब ९९ करोड ३६ लाख रुपैयाँको १४.४० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

गत आवमा ६४ करोड १८ लाख खुद नाफा कमाएको जनता बैंकले  गत अार्थिक बर्षकाे नाफा  तथा सञ्चित जगेडा काेषबाट उक्त्त रकमकाे बाेनस वितरण गर्ने भएकाे हाे ।  प्रस्तावित बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बोनस वितरण पश्चात जनता बैंकको चुक्ता पूँजी आठ अर्ब सात लाख ८५ हजार ९२५ रुपैयाँ कायम हुनेछ ।

बैंकले चालु आवको प्रथम त्रैमासमा ६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी तीन रुपैयाँ ७१ पैसा कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री