बिहीबार, १३ वैशाख २०८१

प्रकाश सम्झँदै प्रचण्डका मतदाता

समयपोष्ट २०७४ मंसिर १५ गते ३:२७

 पुत्र शोकको पीडालाई विस्तारै भुल्दै दोस्रोपटक सपरिवार भरतपुर पुगेका दाहालले यसपटक चुनावी अभियानका क्रममा घरदैलोलाई तीव्रता दिएका छन् । दाहालले माओवादी सशस्त्र युद्धका बेला ३९ जनाको ज्यान लिने गरी गराइएको स्थल माडीमा आयोजित चुनावी सभामा सम्बोधन गरी माडी घटना सशस्त्र युद्धकालकै सबैभन्दा दुःखद भनी टिप्पणी गर्न भ्याए ।

Advertisement

यो सम्बोधनपछि दाहालको पक्षमा त्यहाँका मतदाता उभिनसक्ने अवस्था बनेको माओवादी कार्यकर्ता बताउँछन् । नेपालको चुनावमा ‘सेन्टिमेन्ट’ ले पनि अर्थ राख्ने गरेको छ । विगतका केही यस्ता उदाहरण पनि छन् । 

दाहाललाई पनि पुत्र शोकमा रहेको सेन्टिमेन्टले मद्दत गर्ने अनुमान लगाउने पनि कम छैनन् । 

-‘प्रकाश साँच्चिकै प्रकाश थियो । उसले जनताको भावना बुझेर माओवादी अध्यक्षलाई काम गर्न सघाउँथ्यो’, मेघौलीका ७५ वर्षीय नील चौधरी सम्झन्छन् । उनले भने, ‘दाहालपुत्री रेणु भरतपुर महानगरको मेयरमा उठेका बेला खानेपानीका लागि आवाज उठाउँदा प्रकाशले आफैंले रकम निकासा गरे । आफूले दाहाललाई नचिने पनि उनका छोराको सहयोगको गुन तिर्छु ।’ कांग्रेस कार्यकर्ता उनी यसपटक भने प्रकाशको सहयोगप्रति नतमस्तक छन् । ‘पिता पुष्पकमलसँगै प्रकाश नदेख्दा आँखा रसायो’, उनले भने, ‘यस्तो आपत कसैलाई नपरोस् ।’

-‘यसपटक बिनाकरकाप बाबु पुष्पकमललाई जिताउन मेरो मत हुनेछ ।’पुल्चोककी अनिता दवाडीले पनि प्रकाशको सम्झनामा यसपटक दाहाललाई मत दिने बताइन् ।

-भरतपुर बजारका सूर्य दाहालले चितवन–३ मा विक्रम पाण्डेलाई पुष्पकमलको प्रतिस्पर्धी भन्न नमिल्ने तर्क गरे । मुलुकको भविष्य निर्माणमा राज्यलाई दिशा दिन सक्ने नेतृत्वका रूपमा आफूले दाहाल देखेको उनको धारणा छ ।

-मेघौलीका भीमसेन तामाङले आफूले चितवनको विकासका लागि र प्रकाशप्रति श्रद्धाञ्जली दिन मत दाहाललाई दिने बताउँछन् । उनले भने, ‘सन्तान हत्या गर्ने हत्यारोले पनि सन्तान गुमाउन नपरोस् भन्ने भावना मेरो छ । आजको अन्नपूर्ण पोस्टमा चिरञ्जीवी ढुंगाना र अनिल ढकालले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री