बिहीबार, १५ चैत २०८०

नाडाको नयाँ कार्य समिति चयन, उपाध्यक्षमा करण चौधरी

समयपोष्ट २०७६ पुष १५ गते १७:२७

Advertisement

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ कार्य समिति चयन भएको छ ।

केन्द्रीय कार्य समितिका पदाधिकारीहरुको सोमबार सम्पन्न निर्वाचनमा उपाध्यक्षमा आकाश गोल्छा र करण चौधरी चयन भएका हुन् ।

महासचिवमा सुनिल रिजाल, सचिवमा अनुप बराल, कोषाध्यक्षमा सुरेन्द्रकुमार उप्रेति र सहकोषाध्यक्षमा विक्रम सिंहानिया चयन भएका छन् ।

केन्द्रीय कार्य समिति सदस्यमा राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दीपक अग्रवाल, निराकार श्रेष्ठ, सुरज भट्टराई, पंकज अग्रवाल, निलमणी पाठक छन् । प्रकाश कपुरी, कपिल शिवाकोटी, शुभासिस थपलिया अध्यक्षबाट केन्द्रीय कार्य समिति सदस्य मनोनित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री