सौरभ ज्योति नेपाली इलेक्ट्रिक बाइक ‘यात्री’ को पहिलो ग्राहक

नेपालमै नेपाली स्टार्ट अप युवाहरुको समूहले तयार गरेको मोटरसाइकल ‘यात्री’ ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले बुकिङ गरेका छन्।

Advertisement

बिहीबार मोटरसाइकल सार्वजनिक कार्यक्रममा पुगेका ज्योतिले मोटरसाइकलको पहिलो उत्पादन खरिद गर्ने घोषणा गरेका हुन् ।

मोटरसाइकलको मूल्य कम्पनीले सार्वजनिक गरेको छैन। ‘नेपाली युवाहरू प्रविधिमा अगाडि बढ्नु ठूलो कुरा हो, त्यसकारण मूल्य थाहा नभएपनि खरिद गरेको हुँ,’ ज्योतीले भने।

ज्योतिको बुकिङले आफूहरूको हौसला झनै बढेको कम्पनीका संस्थापक अशिम पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री