शुक्रबार, १४ वैशाख २०८१

‘किया सेल्टोस’ नेपाली बजारमा, यस्ता छन् गाडीका विशेषता

समयपोष्ट २०७६ पुष १ गते १३:१९

Advertisement

किया गाडीको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले ‘किया सेल्टोस’ नेपाली बजार भित्र्याएको छ ।

भारतीय प्लान्टमा उत्पादित स्पोर्टस् युटिलीटी भेहिकल (एसयुभी) अन्तर्गत रहेको यो गाडी आउँदो शुक्रबारदेखि नेपाली बजारमा बिक्रीका लागि राखिने कम्पनीले जनाएको छ ।

कम्नीका अनुसार पाँच सिटे यस गाडीको सुरूवाती मूल्य ४९ लाख ९० हजार रूपैयाँ र अधिकतम मूल्य करिब ६७ लाख रूपैयाँ रहेको छ ।

यस गाडीको ब्रेकिङ हर्स पावर क्षमता एक सय ३८ रहेको कम्पनीले जनाएको छ। म्यानुअल र अटोमेटीङ ट्रान्समिसनयुक्त गाडीमा प्रतिलिटर २०.८ किलोमिटर माइलेज क्षमता रहेको छ ।

१६ वटा भेरियन्टमा रहेको सेल्टोस पेट्रोल र डिजल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो गाडीमा तेस्रो संस्करण (भारत स्टेज सिक्स एमिसन) अन्तर्गत इन्जिन जडान गरिएको छ।

गाडीमा रहेको १.४ लिटर ग्यासोलिन डाइरेक्ट इन्जेक्सन ‘जीडीआइ’ टर्बो पेट्रोलमार्फत १ सय ३८ ब्रेकिङ हर्स पावर ‘बीएचपी’ र २ सय ४२ नुटनमिटर ‘एनएम’ टर्क क्षमता कायम गर्न सक्ने कम्पनीले जनाएको छ। गाडीमा छ म्यानुअल स्पिड र सात डबल क्लच अटोमेटिक ट्रान्समिसन समावेश गरिएको छ।

गाडीको १.५ लिटर पेट्रोल इन्जिन भेरियन्टमा १ सय १३ बीएचपी र १ सय ४४ एनएम टर्क क्षमता रहेको छ। यो भेरियन्टमा ६ स्पिट म्यानुअल र आइभिटी ‘इन्टेलिजेन्ट कन्टिनुअस्ली भेराएवल ट्रान्समिसन’ अटोमेटिक ट्रान्समिसन समावेश गरिएको छ।

१.४ लिटर भिजिटी ‘भेराएवल जियोमेट्री टर्बो चार्जर’ डिजल भेरियन्टको सेल्टोसमा एक सय १३ बीएचपी र दुई सय ५० एनएम टर्क क्षमता रहेको कम्पनीले जनाएको छ। यो भेरियन्टमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियर बक्स जडान गरिएको छ।

प्रिमियम आवरणमा रहेको गाडीको बम्फरमा स्पोर्टी डिजाइन गरिएको छ। कम्पनीका अनुसार गाडीको इन्टेरियरमा पूर्ण कालो रङ समावेश गरिएको छ। बोल्ड डिजाइनयुक्त गाडीमा एलइडी हेडल्याम्प, डेटाइम रनिङ लाइट, टेल लाइट, एलइडी फग ल्याम्प, १७ इन्चको अलोइ व्हिल लगायत जडान गरिए छ।

मनोरञ्जनका लागि गाडीमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ। ग्राहकले एप्पल कारप्ले, एण्ड्रोइड अटो, मुड लाइटिङ सहितको आठ वटा बोस स्पिकर, एम्वियन्ट लाइटिङ र वायरलेस फोन चार्जिङको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

यात्रु सहजताको लागि गाडीमा टु स्टेप रिक्लाइनिङ सिट, एलेक्ट्रिक सनरुफ, एलेक्ट्रिकल्ली एडजस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोल, किलेस इन्ट्री, ३६० डिग्री क्यामरा लगायत सुविधा जडान गरिएको छ।

यात्रु सुरक्षाका लागि गाडीमा छ वटा एयरब्याग, एन्टि लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टेब्लिटी प्रोग्राम, फ्रन्ट रियर पार्किङ सेन्सर, हिल होल्ड कन्ट्रोल र ब्लाइन्ड भ्यु मोनिटर समावेश गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार गाडीमा एसी कन्ट्रोल सहितको रिमोट इन्जिन स्टार्ट, एमर्जेन्सी एसिस्टेन्स, नेभिगेशन, टायर प्रेसर मोनिटरीङ सिस्टम लगायत विभीन्न ३७ वटा विशेषता छन्। नर्मल, इको र स्पोर्ट लगायत तीनवटा ड्राइभिङ मोडयुक्त गाडी हिलो र हिउँ भएको सडकमा पनि सहजै गुड्न सक्ने कम्पनीको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री