शुक्रबार, १४ वैशाख २०८१

नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध

समयपोष्ट २०७६ मंसिर २९ गते १५:३४

Advertisement

सवारीसाधनहरूका आधिकारिक बिक्रेताहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष पदका आकांक्षी प्रकाश कपुरीले मनोनयन दर्ता नगराएपछि दुलालसँगै १९ सदस्यीय कार्यसमिति दुई वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएको हो । संगठनले आइतबारका लागि मनोनयन दर्ताका लागि मिति तय गरेको थियो।

संघको आगामी पुस ४ गते हुने वार्षिक साधारण सभामा कार्यसमिति निर्वाचन र जिम्मेवारीको औपचारिक घोषणा हुने छ। नवनिर्वाचित अध्यक्ष दुलालले यस अघिको कार्यसमितिमा उपाध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै आएका थिए।

नाडाको विधानअनुसार १९ जनाको कार्यसमिति हुनेछ । यसमा अध्यक्षबाहेक १४ जना साधारण सदस्यबाट र चारजनाले संस्थागत तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री