शनिबार, १५ वैशाख २०८१

दिक्कलाग्दो यौनजीवनलाई यसरी बनाउँनुहोस् रोमाञ्चक

समयपोष्ट २०७६ मंसिर २६ गते १५:४४

Advertisement

दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन सर्वोत्तम विकल्प हो । यसका लागि दुबै शारीरिक रुपमा तयार भएर मात्र पुग्दैन, मानसिक रुपमा पनि उत्तिकै उत्सुक हुन जरुरी छ ।

अक्सर पार्टनरमध्ये एकजना यौनका लागि तयार भइरहँदा अर्का पार्टनरलाई त्यसप्रति खास चासो हुँदैन । यसरी एकजनाको मात्र दवावमा बनाइने यौन सम्बन्ध रोमाञ्चक हुँदैन । त्यसैले जब एक पार्टनर यौनका लागि तयार हुन्छन्, अर्का पार्टनरलाई पनि त्यसमा उत्साहित गराउनुपर्छ । यसका लागि कामुक हाउभाउ, पहिरन, वातावरण आदि थुप्रै कुराको व्यवस्था गर्न सकिन्छ । सिनेमा, संगीत, पुस्तकले पनि सघाउन सक्छ ।

यौन सम्बन्धअघि पाकक्रिडा गरिन्छ । यसले यौनका लागि दुबै पार्टनरलाई उक्साउँछ । पाकक्रिडाको अनेक विधी छन् । यसमा स्पर्श, चुम्बन, संवेदनसिल अंग चलाउने आदि क्रिया गरिन्छ । पाकक्रिडाको क्रममा जब दुबै उत्कर्षमा पुग्छन्, तब यौन सम्बन्ध सुरु गर्दा बढी रोमान्चक हुन्छ ।

अक्सर अहिले दम्पतीको यौनजीवन किनपनि खल्लो हुँदैछ भने उनीहरुको आसन, स्थान एकनास हुनेगर्छ । यसले गर्दा यौनजीवन दिक्कलाग्दो हुन्छ । जबकी यौनका अनेक आसन छन् । यी आसनले यौनमा बेग्लै रोमाञ्चकता प्रदान गर्छ ।

यसरी सक्रिय र नियमित यौन जीवनले दम्पतीको सम्बन्धलाई थप बलियो बनाउने बताइन्छ । यौन सम्बन्धका क्रममा स्राव हुने हर्मोनले आपसमा प्रेम बढ्छ । यौन सम्पर्कले शारीरिक र मानसिक दुबै रुपमा दम्पतीलाई स्वस्थ्य, उर्जावान् बनाउने बताइन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री