शुक्रबार, १४ वैशाख २०८१

चितवनको रत्ननगर १४ मा सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवाको सुरुवात

समयपोष्ट २०७६ मंसिर २२ गते १७:४८

Advertisement

सन्राइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं १४ मा ४० औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
रत्ननगर नगरपालिकाको अध्यक्ष हरि कुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुत जङ्ग श्रेष्ठले एक समारोहका बीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयो ।

समारोहमा बैंक अचुत प्रादेशिक कार्यालय सदस्य श्रेष्ठले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

हालसम्म सन््राइज बैंकले १२६ वटा शाखा,४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री