शनिबार, १५ वैशाख २०८१

राजेन्द्र महतो काठमाडौँको सम्धी बन्दा पगरीमा यस्ता देखिए बाबुराम (फोटोफिचर)

समयपोष्ट २०७६ मंसिर २० गते १३:०४

Advertisement

राजपा नेता राजेन्द्र महतोका छोराले काठमाडौँकी नेवारी छोरीसंग विवाह गरेका छन् । काठमाडौँ डिल्लीबजारका प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधारसँग महतोको छोरा राघवेन्द्र महतोको बिहीबार विवाह सम्पन्न भएको हो ।

राघवेन्द्र र पलिशाको चिनजान पहिलादेखि नै थियो । खुमलटारस्थित एआइटी कलेजमा सँगै पढ्दा दुईजनाको बिचमा चिनजान भएको थियो । त्यही चिनजान प्रेममा परिवर्तन भयो । र, पारिवारिक सहमतिमा दुईजनाको बिचमा बिहे भएको बताइएको छ ।

पलिशा अनलाइन कम्पनी ‘दराज’मा कार्यरत छिन् भने राघवेन्द्र फोहर मैलाको क्षेत्रमा काम गर्ने डोको रिसाइकलरका सञ्चालक हुन् । दुवैजनाले एमबीए गरेका छन् ।

सो विवाहमा सहभागि हुन संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई,हिसिला यमि,विभिन्न दलका नेता, पत्रकार, विदेशी कुटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको बताइएको छ ।

बिहेमा सहभागी भएका संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ‘बिहे अर्थपूर्ण भएको’ टिप्पणी गरेका छन् ।

‘राजपा नेता राजेन्द्र महतोका सुपुत्र राघवेन्द्र महतोको काठमाडौँकी सुश्री पलिशा तुलाधरका साथ सुसम्पन्न । शुभविवाहमा पहाड र मधेसको संस्कृतिको रोचक फ्यूजन’, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री