बुधबार, ९ जेठ २०८१

श्रृंखलालाई भोट गर्ने समय थप

समयपोष्ट २०७५ मंसिर १४ गते ६:१७

मिस बर्ल्डमा ‘हेड टु हेड च्यालेन्ज’ का लागि भोट गर्ने अवधि दुई दिन थप भएको छ । यसअघि २८ नोभेम्बरसम्म भनिएकोमा अब ३० नोभेम्बरसम्म भोट गर्न पाइनेछ । भोटिङमा अहिलेसम्म नेपालकी श्रृंखला खतिवडा अग्रस्थानमा छिन् । मल्टिमिडिया अवार्ड र हेड टु हेड च्यालेन्जका लागि पब्लिक भोट आवश्यक हुन्छ ।

Advertisement

मल्टिमिडिया अवार्ड जितेमा श्रृंखला सर्ट कर्ट बाटोबाट फाइनल राउन्ड (टप ३०) मा प्रवेश गर्न सक्छिन् । हेड टु हेड च्यालेन्जमा पनि उनी आफ्नो समुहमा प्रथम भए दोस्रो राउन्डमा जानेछिन् । दोस्रो राउन्डमा अन्य २० समुहका विजेताहरुसँग उनले प्रतिस्पर्धा गर्नुपर्ने छ । जसबाट १० जना फाइनल राउन्डका लागि छानिन्छन् ।

‘अहिलेसम्मकै किर्तिमानी संख्यामा भोटिङ भइरहेको अवस्थामा सबैले भोट हाल्ने मौका पाउन् भनेर हामीले ३० नोभेम्बर बेलुकी ५ बजेसम्मलाई भोटिङ अवधि लम्ब्याएका छौं,’ मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री