बिहीबार, ३ जेठ २०८१

सिद्धार्थ बैंकले साढे दश प्रतिशत ब्याजदरमा मंसिर २३ गतेदेखि २ अर्ब २५ करोडको ऋणपत्र जारी गर्ने

समयपोष्ट २०७५ मंसिर १४ गते ४:२०

सिद्धार्थ बैंकले साढे दश प्रतिशत ब्याजदरमा २ अर्ब २५ करोडको ऋणपत्र जारी गर्ने भएको छ । बैकले मंसिर २३ गतेदेखि प्रतिकित्ता एक हजार मूल्यमा ७ वर्षे अवधिको “१०.५% एसबिएल डिवेन्चर २०८२” बिक्री गर्न लागेको हो । बैंकले निष्काशन गर्ने उक्त ऋणपत्रमा छिटोमा मंसिर २६ गते र ढिलोमा पुस २३ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था गरिएको छ।

Advertisement

ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्प्रर्ण सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत उक्त ऋणपत्रमा आवेदन दिन सक्नेछन् । जसका लागि न्यूततम २५ कित्ताको २५ हजारदेखि अधिकतम एक लाख कित्ताको लागि १० करोड रुपैयाँसम्मका आवेदन गर्न सकिनेछ ।

सिद्धार्थ बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशित ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ४५ करोड रुपैयाँ सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तबरबाट बिक्री हुनेछ ।

हाल बैंकमा बचत खाताको ब्याजदर अधिकतम ७ प्रतिशत र मुद्धती निक्षेपको १० प्रतिशत रहेको छ । ऋणपत्रमा १०.५ प्रतिशत ब्याज पाइने भएकाले यसमा लगानीकर्ताले उच्च प्रतिफलको प्राप्त गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री