मंगलबार, ८ जेठ २०८१

विवाह बन्धनमा बाँधिदै राखी सावन्त, वेडिंग कार्ड सार्वजनिक

समयपोष्ट २०७५ मंसिर १३ गते ८:४७

‘कन्ट्रोभर्सी क्विन’ राखी सावन्त विवाह बन्धनमा बाँधिने भएकी छिन् । राखीले आफ्नो विवाहको निम्तो कार्ड बुधबार सोसल मिडियामा सार्वजनिक गरेकी छिन् । उनले दिपक कलालसँग विवाह गर्ने बताइएको छ ।

Advertisement

उनको विवाह कार्डमा लेखिएको छ, ‘प्रेम गर्ने दुई मुटु एक हुँदैछ र सधैंका लागि प्रेममा रहिरहन बचनबद्ध छ !’

राखीले कार्ड सेयर गर्दै क्याप्सनमा बेहुला बेहुलीको इमोटिकन प्रयोग गरेकी छिन् । उक्त पोष्टमा राखीलाई धेरैले बधाई र आशिर्वाद दिएका छन् । दिपकले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा उक्त कार्ड पोस्ट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री