बुधबार, ९ जेठ २०८१

१२० देशका सुन्दरीलाई पछि पार्दै नेपाल सुन्दरी शिर्षस्थानमा, भोटिङ गर्न सरकार कै निर्देशन

समयपोष्ट २०७५ मंसिर १२ गते ९:३०

मिस वर्ल्ड प्रतिस्पर्धामा रहेकी मिस नेपाल श्रृंखला खतिवडा हालसम्म आफुलाई शिर्षस्थानमा राख्न सफल भएकी छन् । प्रतियोगितामा सहभागी १२० देशका सुन्दरीमध्ये सबैभन्दा धेरै भोट अर्थात ४० प्रतिशत हाराहारी भोट उनको पोल्टोमा छ ।

Advertisement

श्रृंखलापछि सबैभन्दा बढी भियतनामकी सुन्दरी भी ट्रानको पक्षमा ७ प्रतिशत, भारतकी सुन्दरी अनुकृति भासको पक्षमा ७ प्रतिशत र थाइल्याण्डकी सुन्दरी निकोलेन पिचापाको पक्षमा ५ प्रतिशत भोट छ ।

नेकपा प्रतिनिधिसभा सांसद विरोध खतिवडा र प्रदेशसभा सांसद मुनु सिग्देलकी छोरी हुन् श्रृंखला । यतिबेला प्राय पूर्व एमाले नेता तथा कार्यकर्ता श्रृंखलालाई मिस वर्ल्डमा जिताउन लागिपरेका छन्। यहाँसम्म कि जनताको गुनासो सुन्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ले गत साता खतिवडालाई भोट माग्दै आफ्नो ट्विटर ह्यान्डलमा एउटा भिडियोनै सेयर गर्यो।

Advertisement

झन्डै एक लाख ५० हजार फलोअर्स भएको सरकारको आधिकारीक ट्विट ह्यान्डलमा त्यसको केही समयमै अनेक प्रतिक्रिया आए। धेरैले जनगुनासो सुन्न बनाइएको सरकारको आधिकारिक ह्यान्डल सुन्दरी जिताउन लागेको भन्दै विरोध पनि जनाए। झन्डै एक लाख ५० हजार फलोअर्स भएको सरकारको आधिकारीक ट्विट ह्यान्डलमा त्यसको केही समयमै अनेक प्रतिक्रिया आए। धेरैले जनगुनासो सुन्न बनाइएको सरकारको आधिकारिक ह्यान्डल सुन्दरी जिताउन लागेको भन्दै विरोध पनि जनाए।

श्रृंखलाका लागि भएको भोटिङ क्याम्पियनको यो एउटा उदाहरण मात्रै हो। त्यसो त हाल उनलाई जिताउँन गैरआवासीय नेपाली संघ ९एनआरएनए० , नेपाल कम्युनिस्ट पार्टीको प्रवासी नेपाली मञ्च, पूर्व माओवादीको प्रवासी संगठन जनप्रगतिशील मञ्च लगायत सबै लागि परेका छन् ।

भोटकै कारण पनि चीनमा जारी प्रतियोगीतामा मिस नेपाल श्रृंखला चर्चाको विषय बनेकी छिन्। नेपालको प्राकृतिक सौन्दर्यलाई समेटर तयार पारिएको उनको परिचयात्मक भिडियोले पनि धेरैको मन जितेको छ। तर विश्व सुन्दरी भोटका आधारमा मात्र नछानिने हुँदा अन्य प्रतिस्पर्धामा पनि श्रृंखला अब्बल हुनु जरुरी छ।

The voting lines for Head to head challenge for miss world 2018 are opened. You can for for me till 28th of November.There are 4 different ways to vote for me to advance to the second round of head to head challenge. 1) Like "Miss World- Nepal" facebook page2) Vote on Miss World website3) Like and comment on the posts on Official Mobstar Account4) Vote on Model Power Live websiteThank you guys!! Keep supporting! Lets do this together for Nepal ❤❤ #missworld #missnepal #missworld2018 #missnepal2018 #mnformw #journeytomissworld #bwap #headtoheadchallenge

Posted by Shrinkhala Khatiwada- Miss Nepal World 2018 on Friday, November 23, 2018

प्रतिक्रिया

सम्बन्धित सामाग्री