मंगलबार, ३१ असार २०८२

विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजन गरी सिभिल बैंकले मनायो आठौं वार्षिकोत्सव

समयपोष्ट २०७५ मंसिर १० गते १३:२४

सिभिल बैंक लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा बृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रमहरु तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।

Advertisement

बैंकले वार्षिकोत्सवको अवसर पारेर सोमवार विहान पशुपति क्षेत्रको चक्रपथसंगै जोडीएकोे पार्किङ क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत शिक्षा, स्वास्थ्य, पर्यावरण र साँस्कृतिक सम्पदाको संरक्षण एवं संवद्र्धन प्राथमिकतामा रहेको उल्लेख गर्दै सोही नीति अनुरुप आजको बृक्षारोपण कार्यक्रमको आयोजना गरी बैंकले ३०० वटा बृक्षारोपण गरेको र उक्त विरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने सम्मको सम्पूर्ण जिम्मेवारी वहन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

Advertisement

कार्यक्रममा पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक रमेश कुमार उप्रेतीले सिभिल बैंकले बृक्षारोपण मात्र नगरी रुखहरुलाई ५ वर्षसम्म हुर्काई आफै सक्षम भएपछि मात्र हस्तान्तरण गर्ने काम एकदमै सराहणीय रहेको कुरा बताए ।

बैंकले पाशुपत क्षेत्र जस्तो देवभुमिमा बृक्षारोपण जस्तो पावन कार्य गर्न पाउँदा खुशी लागेको बैंकका अध्यक्ष ई. इच्छा राज तामाङ्गले बताए ।
बैंकले आफ्नो आठौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रधान कार्यालय तथा देशका प्रमुख शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो साथै वार्षिकोत्सवको महिनामा देशका ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम पनि रहेको बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस.अनुसार) रु अठार करोड पचास लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुल शाखा संख्या ७० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री