मंगलबार, ११ वैशाख २०८१

आइएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रदपछिको शेयर मूल्य समायोजन

समयपोष्ट २०७५ मंसिर ९ गते ६:२९

आइएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रदपछिको शेयर मूल्य समायोजन भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ८० प्रतिशत हकप्रदपछि प्रतिकित्ता ४२३ रुपैयाँ ३३ पैसामा शेयरमूल्य समायोजन गरेको हो । कम्पनीको औसत आधारमूल्य ४८६ रुपैयाँ ६७ पैसा कायम भएकाे नेप्सेले जनाएकाे छ ।

Advertisement

इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको १०ः८ को अनुपातमा हकप्रद निष्काशन गर्न आइतबार बुकक्लोज गरेको हो । यस कम्पनीले हकप्रद शेयर बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त भइसकेको छ ।

हाल आइएमई जनरल इन्स्योरेन्सको ५४ करोड रुपैयाँ चुक्ता पूँजी छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री