मंगलबार, ८ जेठ २०८१

वरिष्ठ कलाकार हरिवंश आचार्यको आज ६१ औं जन्मदिन

समयपोष्ट २०७५ कार्तिक २७ गते ९:४३

वरिष्ठ कलाकार हरिवंश आचार्यको आज ६१ औं जन्मदिन परेको छ । सोही अवसर पारेर मंगलबार बिहान कमलादीस्थित गणेश मन्दिरमा चलचित्र ‘दाल भात तरकारी’को शुभ– मुहूर्त गरियो ।

Advertisement

मह सञ्चारको प्रस्तुति रहेको चलचित्र ‘दाल भात तरकारी’को आउँदो शनिबारबाट छायाँकन हुँने छ । कमेडी जनरामा निर्माण हुन लागेको ‘दाल भात तरकारी’ कलाकार किरण केसीले निर्माण गर्न लागेका हुन् । यस चलचित्रमा अभिनेत्री निरुता सिंहको पनि अभिनय रहनेछ । जसका लागि उनी यसै साता नेपाल आउने कार्यक्रममा जानकारी दिइयो । किरण केसीका छोरा सुदन केसीले निर्देशनमा बन्ने यस चलचित्रमा प्रियंका कार्की, बर्षा राउतको समेत चलचित्रमा अभिनय रहने छ ।

कार्यक्रममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, संगीतकार शम्भुजित बाँस्कोटा, कलाकार बसुन्धरा भूषाल, राजाराम पौडेल, पुष्प खड्का र आँचल शर्मा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री