शुक्रबार, ७ असार २०८१

वैशाखमा विद्युतीय गाडीको आयात दोब्बरले वृद्धि

समयपोष्ट २०८१ जेठ ८ गते १२:५३

Advertisement

चालू आर्थिक वर्षको वैशाख महिनामा विद्युतीय सवारी साधनको आयात दोब्बरले वृद्धि भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चैत महिनाको तुलनामा आयात दोब्बरले वृद्धि भएको हो ।

चालू आर्थिक वर्षको वैशाखमा मात्र १ हजार ४०४ वटा विद्युतीय कार, भ्यान र जीपहरु आयात भएका छन् । चालु आर्थिक वर्षको १० महिनामा २१ अर्ब ८ करोड रुपैयाँ बराबरको ८ हजार ४९७ वटा विद्युतीय गाडी आयात भएका छन्। जसबाट सरकारले ९ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व उठाएको छ।

विभागको तथ्यांक अनुसार चैतमा ६५८, फागुन महिनामा २७६ वटा विद्युतीय गाडी आयात भएका थिए। पुस महिनामा करिब १४ सय गाडी भित्रिएको थियो भने माघमा ११ सय गाडी आयात भएको थियो।

Advertisement

विभागका अनुसार चैतसम्मको तथ्याङ्कमा ५० किलोवाटसम्मका ३ हजार ४७२ गाडी आयात भएका छन्।

५० देखि १०० किलोवाटका ४ हजार ८९६ वटा सवारी साधन नेपाल भित्रिएका छन ।

यस्तै १०१ देखि २०० किलोवाटसम्मका १०५ वटा र २०१ किलोवाट माथिका २४ वटा मात्रै आयात भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री