मंगलबार, ८ जेठ २०८१

रिंगमा नाच्दै गर्दा कसरी विदेशी रेसलरले राखीलाई उचालेर पछारिन् हेर्नुहोस् भिडियो

समयपोष्ट २०७५ कार्तिक २७ गते ८:५२

भारतको पंचकूलाको सेक्टर ३ स्थित ताऊ देवी लाल खेल परिसरमा आयोजित सिडब्ल्यूईको ब्यानर राखिएको रेसलिङको बिग फाइटमा अभिनेत्री राखी सावन्तले एक विदेशी महिलालाई चुनौती दिँदा ठूलो मूल्य चुकाउनु पर्यो । विदेशी महिला रेसलरले राखी सावन्तलाई रिंगमा उचालेर पछारिन् जसका कारण उनलाई चोट लाग्यो र अस्पताल पुर्याउनु पर्यो ।

Advertisement

आइतबार बिग फाइटको क्रममा महिला रेसलरको पनि प्रतिस्पर्धा राखिएको थियो । विदेशी महिला रेसलर रेवलले फाइट जितेपछि कोही भारतीय महिलामा दम छ भने आफूसँग प्रतिस्पर्धा गर्न खुल्ला रुपमा चुनौती दिइन् तर यसका लागि कोहि महिला तयार भएनन् ।

त्यसपछि राखी सावन्त स्टेजमा आइन् र महिला रेसलरलाई च्यालेन्ज दिँदै भनिन्, ‘यदि तिमीसँग दम छ भने मसँग डान्स गरेर देखाउ ।’ त्यसपछि दुबैबीच प्रतिस्पर्धा सुरु भयो ।

राखी सावन्तको डान्स देखेर मानिसहरु हुटिङ गर्न थाले । त्यतिबेला राखी सावन्तले महिला रेसलरलाई जिस्काइन् । राखीको व्यवहारले महिला रेसलर रिसाइन् र उनलाई उचालेर पछारिन् ।

त्यसपछि राखी सावन्त चिच्याउन थालिन् । बाउन्सर रिंग भित्र आएर राखीलाई तुरुन्त उठाए ।

Advertisement

राखीले आयोजकलाई पिठ्युँ र पेटमा निकै दुखेको बताएपछि उनलाई तुरुन्त अस्पताल पुर्याइयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री