माथिल्लो तामाकोशीको सेयरमा आवेदन दिनुभयो ?
समयपोष्ट
२०७५ कार्तिक १९ गते ५:३४
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयरमा आवेदन गर्ने आज अन्तिम मिति रहेको छ । कम्पनीले बिहीबारबाट सर्वसाधारणको लागि १ अर्ब ५८ करोड रुपैयाँको प्राथमिक शेयर जारी गरेको थियो ।
कम्पनीको सेयरमा न्युनतम ५० कित्ता र अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिन्छ । आइतबारसम्म कम्पनीको सेयरमा करीब रु चार अर्ब बराबरको आवेदन परेको सेयर निश्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरका २ करोड ६४ लाख कित्ता शेयर निष्कासनमध्ये एक करोड ५ लाख कित्ता प्रभावित क्षेत्रकालागि र एक करोड ५८ लाख कित्ता सर्वसाधारणकालागि छुट्याएको हो।
कम्पनीको सेयरमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिन्छ ।
प्रतिक्रिया