सुनको मूल्य बढ्यो
समयपोष्ट
२०८२ साउन ५ गते ११:१६
आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन शुक्रबार सुन एक लाख ९३ हजार ३ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया