आइतबार, २३ वैशाख २०८१

शाहरुखको आज ५३ औं जन्मदिन: रातको १२ बजे बार्दलीमा निस्केर दिए फ्लाइङ किस

समयपोष्ट २०७५ कार्तिक १६ गते ८:२८

बलिउड अभिनेता शाहरुख खान आज आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन् । उनी २ नोभेम्बर १९६५ मा जन्मेका थिए ।

Advertisement

शाहरुखको जन्मदिनमा उनलाई शुभकामना दिन बिहीबार राति १० बजेदेखि नै उनको निवासबाहिर फ्यानहरुको भीड जम्मा भएको थियो । उनीहरुले लगातार शाहरुखको नाम गुञ्जाएका थिए । रातको ठीक १२ बजे शाहरुख आफ्नो निवासबाट बार्दलीमा निस्किए । उनलाई देख्नासाथ फ्यानहरुमा खुशी छाएको थियो । शाहरुखले भिडलाई धन्यवादसहित हात हल्लाए र फ्लाइङ किस दिए ।

फ्यानहरुबाट शुभकामना लिने शाहरुखको यो पुरानै शैली हो । हरेक जन्मदिनमा उनको निवास ‘मन्नत’बाहिर यस्तै दृष्य देखिने गर्छ । मुस्लिम पर्व रमजानको बेलामा पनि उनी यसैगरी बाहिर निस्किन्छन् ।

यो जन्मदिन शाहरुखको लागि विशेष हुनेछ, किनकी उनको आगामी फिल्म ‘जिरो’ को ट्रेलर आजै रिलिज गर्ने तयारी छ । यसका लागि भव्य कार्यक्रम राखिएको छ । यो फिल्ममा साहरुखले एउटा पुड्को व्यक्तिको भूमिका निभाएका छन् । फिल्ममा साहरुखका साथ अनुष्का शर्मा र कैटरिना कैफ पनि छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री