शनिबार, २९ वैशाख २०८१

मिटु: अध्यारो कोठामा लगेर साजिद खानले अप्राकृतीक सेक्सको लागि सय करोड अफर गरे

समयपोष्ट २०७५ कार्तिक १६ गते ६:०९

निर्देशक साजिद खानमाथि नायिका सलोनी चोपडा र सिमरन सुरीले पहिले नै यौन उत्पीडनको आरोप लगाइसकेका छन् । अब फिल्म ‘लिपिस्टिक अन्डर माय बुर्का’ की नायिका अहाना कुम्राले पनि साजिद खानमाथि आरोप लगाएकी छिन् । १० वर्षदेखि बलिउडमा काम गरिरहेकी अहानाले बम्बे टाइम्सलाई दिएको अन्तर्वार्तामा आफूमाथि भएको उत्पीडनबारे जानकारी दिँदै साजिदले उनलाई घर बोलाएर सेक्स सम्बन्धि प्रश्न सोधेको बताइन् ।

Advertisement

अँध्यारो कोठामा लिएर गएः

अहाना भन्छिन्, ‘एक वर्षअघि साजिद खानले मिटिङको बहानामा घर बोलाए । मलाई थाहा थियो कि उनी एक घटिया व्यक्ति हुन् तरपनि मैले उनलाई भेटें । उनले मलाई त्यहि गरे जुन सलोनी चोपडाले आफ्नो आरोपमा बताएकी छिन् । जब म उनको घर पुगें तब उनले मलाई आफ्नो कोठामा लिएर गए । त्यो कोठामा राम्रोसँग उज्यालोसमेत पसेको थिएन ।’

उनी थप्छिन्, ‘त्यसपछि उनले मलाई बस्न भने र मेरो बारे जान्न चाहेको बताए । मैले उनलाई बाहिर किन नबसेको भनेर सोध्दा आमा भएकाले उनलाई डिस्टर्ब गर्न नचाहेको बताए ।’

त्यसपछि आफूले कोठामा बत्ती बाल्न आग्रह गरेको र बत्ती बालेपछि साजिदले उनीबारे सोध्न थालेको बताइन् ।

Advertisement

मैले भनें मेरी आमा पुलिस अफिसर हुन्ः

‘घरको कुरा गर्दा मैले आफ्नी आमा एक पुलिस अफिसर भएको बताएँ । यसो भन्दा सायद उनी सचेत होलान् कि भन्ने सोचें । उनी थोरै हच्किए तर पनि उनले मलाई सोधे, ‘यदि मैले तिमीलाई सय करोड रुपैयाँ दिएँ भने, के तिमी कुकुरसँग सेक्स गर्छौ ?’ साजिदको यस्तो प्रश्न सुनेर म अचम्ममा परें ।’

‘वास्तवमा साजिदको चाहना थियो कि यदि म मेनस्ट्रिम फिल्ममा हिरोइन बन्न चाहन्छु भने उनको भल्गर जोक्समा हाँस्नुपर्छ ।’

मैलै उनले चाहेजस्तो प्रतिक्रिया नदिएपछि उनले मलाई भने, ‘म अत्यधिक सोच्छु र म मेनस्ट्रिम फिल्मको मटेरियल होइन ।’

अभिनय होइन, आफ्नो सुन्दरतामा मात्र ध्यान दिनुहोस्ः

अहानाका अनुसार फिल्म इन्डष्ट्रिका ठूल्ठूला निर्देशकले अभिनयमा नभई आफ्नो सुन्दरतामा ध्यान दिनुपर्ने सल्लाह दिन्छन् । उनले भनिन्, ‘साजिद खानलाई भेटेर आएपछि उनले म बिकिनीमा निकै हट देखिने भन्दै मेसेज पठाएका थिए ।’

ट्यालेन्ट म्यानेजर अनिर्बान ब्लाले पनि आफूमाथि गलत नजर राखेको उनी बताउँछिन् । उनका अनुसार अनिर्बानले उनलाई भने, ‘यहाँ मेरो कोठा छ, तिमीले चाह्यौ भने हामी त्यहाँ गएर नेगोशिएट गर्न सक्छौं ।’

अहाना कुम्राबाहेक अहिलेसम्म साजिद खानमाथि पाँच अन्य महिलाले यौन उत्पीडनको आरोप लगाइसकेका छन् । यसमा सलोनी चोपडा, वरिष्ठ पत्रकार, मोडल–नायिका रेचेल ह्वाइट, नायिका सिमरन सुरी र प्रियंका बोस समावेश छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री