चिकित्सा शिक्षा आयोगले टुंग्यायो पीजी सिट बाँडफाँट, निजीलाई भन्दा सरकारीलाई बढी दिने निर्णय

चिकित्सा शिक्षा आयोगको बैठकले पोस्ट ग्राजुएट (पीजी/एमडी–एमएस) तहको अध्ययनका लागि सरकारी र निजी मेडिकल कलेजहरूको सिट कोटा निर्धारण गरेको छ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको बैठकले सरकारी मेडिकल कलेज तथा शिक्षण अस्पतालहरूलाई १००० भन्दा बढी र निजी मेडिकल कलेजहरूलाई १००० भन्दा केही कम सिट दिने गरी कोटा बाँडफाँट गरेको हो।

Advertisement

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले यो निर्णयबाट सरकारी र निजी दुवै पक्ष खुसी रहेको बताए। उनले भने, “सरकारी कलेजहरूलाई हजारभन्दा अलि बढी र निजीलाई हजारभन्दा अलिकति कम सिट दिइएको छ। यो निर्णयमा सहभागी सबै खुसी हुनुहुन्छ। सबैलाई सिट संख्या पुगेको छ।”

आयोगका अध्यक्ष तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा सरकारी र निजी मेडिकल कलेजका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

यो वर्षको पीजी सिट बाँडफाँटलाई लिएर लामो समयदेखि सरकारी र निजी कलेजहरूबीच विवाद रहँदै आएको थियो। आयोगको यो निर्णयले उक्त विवाद केही हदसम्म सम्बोधन भएको दाबी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री