दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो, आजै सुनुवाइ हुने संभावना

किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणका अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइएको छ।

Advertisement

दुर्गा प्रसाईंको छोरा नीराजन प्रसाईंले मङ्सिर ८ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए। उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै अदालतसमक्ष तत्काल रिहा गर्न माग गरेका थिए।

न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश दिएको थियो। आदेशानुसार आज दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा पेश गरिएको हो।

स्रोतका अनुसार, प्रसाईंको लिखित जवाफ आजै अदालतमा पेस गरिने तयारी छ। यदि जवाफ आज पेस भएमा, सोही दिन सुनुवाइ गरेर रिहा गर्नेबारे आदेश जारी हुने संभावना रहेको छ। तर, लिखित जवाफ पेस नभएमा भोलि पुनः सुनुवाइका लागि प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री