कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

कीर्तिपुर आसपास केन्द्रविन्दु बनाएर गएराति पौने ११ बजे भूकम्प गएको छ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन गरिएको छ।

सामाजिक सञ्जालमा काठमाडौं उपत्यकाका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको जनाएका छन्। यद्यपि, भूकम्पको झड्का सानो भएकाले कुनै क्षति पुर्‍याएको विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री