
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ। विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, र स्थानीय तह उपनिर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको छ।
पार्टीका सचिव देवेन्द्र पौडेलका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्नेछ।
यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले आगामी पुस २ देखि ७ गतेसम्म केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको थियो। सो निर्णयलाई कार्यान्वयनका लागि थप तयारीबारे छलफल गर्न मंसिर ३ गते पुनः पदाधिकारी बैठक बोलाउने निर्णय गरिएको हो।
बैठकले पार्टी संगठन सुदृढीकरण, राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्तावलगायतका विषयमा विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय तह उपनिर्वाचनको रणनीतिबारे पनि बैठकमा व्यापक बहस हुनेछ।
पार्टीभित्र लामो समयदेखि चलिरहेका आन्तरिक व्यवस्थापन र आगामी चुनावी तयारीसँग सम्बन्धित एजेन्डामा समेत बैठक केन्द्रित हुने जनाइएको छ।










प्रतिक्रिया