नेसनल लाइफ इन्स्योरेन्सको नाफा ६.२४ प्रतिशतले वृद्धि
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन-असोज) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको वित्तीय सूचकहरुमा वृद्धि देखिएको छ। कम्पनीले पहिलो त्रैमासमा १३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १३ करोड २ लाख रुपैयाँको तुलनामा ६.२४ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब १९ करोड ४० लाख रुपैयाँको तुलनामा १७.१९ प्रतिशतले बढी हो। त्यस्तै, कम्पनीले ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.१३ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (EPS) बढेर १०.६६ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १०.४० रुपैयाँ थियो। पीई रेसियो ५९.३६ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३२.४५ रुपैयाँ रहेको छ।
कम्पनीका यी सकारात्मक वित्तीय सूचकहरुले यसको दीर्घकालीन स्थिरता र वृद्धि सम्भावनालाई बलियो बनाएको संकेत गर्दछ।
प्रतिक्रिया