मंगलबार, ११ कार्तिक २०८२

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाट मोटरमा पनि उपलब्ध

समयपोष्ट २०८१ कार्तिक २३ गते १५:४८

Advertisement

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा नयाँ भर्सनमा हुन्डाईको प्रिमियम इलेक्ट्रिक गाडी आयोनिक ५ उपलब्ध गराउने भएको छ। यो १०० किलोवाट क्षमताको मोटर सहित बजारमा आउने भएको हो, जसको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

सन् २०२२ को फेब्रुअरीमा नेपाली बजारमा प्रस्तुत भएको आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री रहेको छ, जसले ३७५ किलोमिटरसम्मको रेन्ज दिन सक्छ। यसले “२०२२ विश्व कार अफ दि इयर,” “विश्व इलेक्ट्रिक कार अफ दि इयर,” र “विश्व कार डिजाइन अफ दि इयर” जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारहरू जितिसकेको छ, जसले यसलाई इलेक्ट्रिक गाडीको क्षेत्रमा एक प्रमुख विकल्पको रूपमा प्रस्तुत गरेको छ।

आयोनिक ५ ईभीको नयाँ भर्सनमा १०० किलोवाटको मोटर उपलब्ध गराइने भएपनि यसको रेन्ज र अन्य स्पेसिफिकेसन भने १२५ किलोवाटको मोटर संस्करणजस्तै हुने बताइएको छ। यसमा समेटिएका विशेषताहरू, जस्तै प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लाम सेल हुड, र पिक्सेल टेललाइटले यसलाई स्टाइलिस र फ्युचरिस्टिक बनाउँछन्।

८०० भोल्टको इलेक्ट्रिकल आर्किटेक्चरमा निर्मित आयोनिक ५ नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी हो। यसले ३५० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ, जसले १८ मिनेटमा १० देखि ८० प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ।

Advertisement

नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक कार खोजिरहेका ग्राहकका लागि आयोनिक ५ एक उत्कृष्ट विकल्प बनेको छ। नयाँ संस्करणको बुकिङ शोरुमहरूमा आजबाटै खुला गरिएको छ भने करिब एक महिनाभित्र बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री