शनिबार, १५ वैशाख २०८१

स्वर्गीय पत्रकार दिलिप लामाको परिवारलाई आर्थिक सहयोग

समयपोष्ट २०७३ मंसिर १५ गते ११:०९

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका पार्षद स्वर्गीय दिलिप लामाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । 
बुधवार एक कार्यक्रमको आयोजन गरी नेपाल अमेरिका जर्नलिष्ट एशोसिएसन (नाजा) बाट प्राप्त ५२ हजार ९ सय ८० रुपैया  र नेपाल पत्रकार महासंघले ललितपुर शाखाले ५ हजार रुपैँया सहयोग गरेको हो ।
उक्त सहयोग स्वर्गिय पत्रकार लामाकी जीवनसंगिनी गितादेवी ग्यावालाई नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट र ललितपुर शाखा अध्यक्ष लेखनाथ न्यौपानेले हस्तान्रण गरे । 
ब्लड क्यान्सरबाट पिडित पत्रकार लामाको साउन २० गते ३२ बर्षको उमेरमा निधन भएको थियो । उनकी एक नाबालक छोरी समेत छिन । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री