शनिबार, १५ वैशाख २०८१

रेनल्टको डस्टर र क्वीड गाडीहरु भैरहवामा बिक्री शुरु

समयपोष्ट २०७३ मंसिर १४ गते ४:१२

रेनल्टको डस्टर र क्वीड गाडीहरु सोमवारदेखि भैरहवामा विक्री खुल्ला गरिएको छ । नेपालको आधिकारिक बिक्रेता एडभान्स अटो मोबाइल्स कम्पनी प्रालिले बजारमा ल्याएको रेनल्ट कम्पनीका डस्टर र क्वीड गाडीहरुको भैरहवामा भैरहवा अटो कम्पनी प्रालिले विक्री बितरण गर्न शुरु गरेको हो ।

Advertisement

सोमवारदेखि गाडीको बुकिङ खुल्ला गर्नुका साथै गाडी चढ्न चाहनेहरुका लागि टेस्टड्राइभ सुबिधा दिएको छ । पहिलो दिन ७ ओटा डस्टर र ६ ओटा क्वीड गाडी बुक भएको कम्पनीका कम्पनीका अध्यक्ष हरि बहादुर थापाले बताए । पहिलो दिन १४ जनाले डस्टर गाडी र २५ जनाले क्वीड गाडी टेष्टराइड गरेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री