शुक्रबार, १४ वैशाख २०८१

पोखरामा भूकम्पले घर भत्कियो

समयपोष्ट २०७३ मंसिर १३ गते ६:४१

सोमबार बिहान रामेछाप–सोलुखुम्बुको  सीमानलार्इ केन्द्रविन्दु बनाइ गएको भूकम्पको धक्काबाट कास्कीको लेखनाथमा एउटा घर भत्किएको छ । बिहान ५ बजेर २० मिनेटमा गएको ५ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्काबाट लेखनाथ—४ जलधरेमा रहेको रुद्रमोहन भट्टराईको  पुरानो घर भत्किएको हो । 

Advertisement

भूकम्पले कास्कीमा अझै बढी क्षति भएको अनुमान प्रहरीको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइ नसकेको प्रहरीले जनाएको छ ।

अन्य जिल्लाहरूमा पनि क्षति पुगेको हुन सक्ने प्रहरीको भनाइ छ  ।

भूकम्पको धक्कापछि रामेछाप, सोलुखुम्ब, सिन्धुपाल्चोक, राजधानी, चितवनलगायतका जिल्लामा ठूलो झट्का महसुस गरिएको थियो । यो भूकम्प गोरखा बारपाक केन्द्र विन्दुको पराकम्पन रहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री