शनिबार, १५ वैशाख २०८१

माछापुच्छ्रे बैंकले गर्यो निशुल्क स्वास्थ्य शिविर

समयपोष्ट २०७३ मंसिर १३ गते ३:५७

माछापुच्छ्रे बैंकले मंसिर ११ गते शनिबार बिहान ६ बजे देखी ९ बजे सम्म  नारायणचौर नक्सालमा  करिब  २ सय जनाको निस्शुल्क प्रभातकलिन  स्वास्थ्य परीक्षण गरेको छ। 
वरिष्ठ मुटुरोग बिशेषज्ञ  डा. अनिल भट्टराईको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीको टोलीले निस्शुल्क स्वास्थ्य परीक्षणका साथै निस्शुल्क रुपमा औषधी समेत बितरण गरिएको छ।  

Advertisement

बढ्दो चिसो सँगै मुटु सम्बन्थी समस्या  पनि बढ्ने हुँदा  सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्था सँग सहकार्य गरेर निस्शुल्क शिविरका साथै निस्शुल्क रुपमा औषधी समेत वितरण गरिएको बैंकले जनाएको छ ।
 बैंकले वर्षैभरी देशका बिभिन्न स्थानहरुमा  सामाजिक उत्तरदायित्व वहन गर्दै बिभिन्न कार्यहरु गरिने  जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री