शुक्रबार, ७ वैशाख २०८१

साझा बस चढेर प्रधानमन्त्री सिंहदरवार पुगे

समयपोष्ट २०७३ मंसिर १२ गते ७:२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पुल्चोक पुगी साझा यातायातका नयाँ बसको उद्घाटन गरेका छन् । उद्घाटनसँगै प्रधानमन्त्री दाहाल ललितपुरको पुल्चोकबाट साझा बसमा सिंहदरबार गएका हुन् ।

Advertisement

साझा बसमा  प्रधानमन्त्री दाहालसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, आपूर्तिमन्त्री दीपक बोहोरा सहित केहि सचिवहरु साझा बसमा सिंहदरबार फर्किएका थिए ।आजबाट साझाका थप ३० नयाँ गाडीको शुभारम्भ भएको हो । 

३८ वटा बस उपत्यकामा र ८ वटा बस उपत्यका बाहिर लामो रुटमा चलाइने साझाले जनाएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा साझाले अपांगमैत्री बस सञ्चालनमा ल्याएको छ । ३० बस थपिएसँगै साझासँग बसको संख्या ४६ पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री