शनिबार, ८ वैशाख २०८१

नुवाकोटको बिदुरमा सानिमा बैंकको शाखा

समयपोष्ट २०७३ मंसिर १२ गते ३:२२

युके एडद्वारा प्रवर्द्धित सक्षम परियोजना समेतको सहकार्यमा सानिमा बैंक लिमिटेडले नुवाकोटको बिदुरमा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्य्रान्ड प्रवर्द्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका अध्यक्ष बिनय श्रेष्ले संयुक्त रुपमा गरे । 

Advertisement

सानिमा बैंकका अध्यक्ष श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । दुबैले बिदुर शाखाबाट पनि ग्राहकलाई गुणस्तरीय सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। समुद्घाटन समारोहमा मह जोडीले बिदुरमा सानिमा बैंक संचालनमा आएकोमा बिदुरवासीहरुलाई बधाइ दिँद सानिमाको सफलताको शुभकामना व्यक्त गरे ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री