शनिबार, १५ वैशाख २०८१

कलर्सले ल्यायो नयाँ प्राइड पी ८५ प्लस र पी ८५ को सर्वश्रेष्ठ क्यामरा फोन

समयपोष्ट २०७३ मंसिर १२ गते ३:२०

 कलर्स मोबाइलले नयाँ प्राइड पी ८५ प्लस र पी ८५ को साथमा नेपालकै उत्कृष्ट र चनाखो क्यामरा फोन बजारमा ल्याएको छ ।
कलर्स मोवाइको आधिकारिक बिक्रेता टेलिटकले सार्वजसिनक गरेको कलर्स प्राइड पी ८५ प्लस सेल्फी र तीनओटा एलइडी फ्ल्याससहितको पछाडिपट्टी १३ मेगा पिक्सल भएको सर्वश्रेष्ठ क्यामरा हो । 
५ ओटा प्लाष्टिक लेन्सयुक्त स्वत फोकस गर्ने विशेषतासहित उत्कृष्ट तबरले निर्माण गरिएको सो क्यामेरा बजारमा पाइने अन्य साधारण फोनहरुमा उपलब्ध हुने गुणभन्दा राम्रा रहेको कम्पनीको दाबी छ । 
यस्तै स्मार्ट फोन प्राइड ८५ पनि सो अवसरमा सार्वजनिक गरिएको थियो । जुन नेपाली मोबाइलको पहिलो औैठाछाप सेन्सर भएको स्मार्ट फोन भएको कलर्स मोबाइलका मार्केटिङ म्यानेजर राजनजंग थापाले बताए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री