शुक्रबार, १४ वैशाख २०८१

हिरो मोटरकर्पले ल्यायो मोटरसाइकलका तीन नयाँ मोडल

समयपोष्ट २०७३ मंसिर १० गते ७:३९

हिरो मोटरकर्प लिमिटेडले नेपाली बजारमा मोटरसाइकलका तीन नयाँ मोडलहरु भित्राएको छ । स्प्लेण्डर आइस्मार्ट ११० सीसी, न्यू अभिचर १५० सीसी र सुपर स्प्लेन्डर १२५ सीसीको नयाँ भर्सन हिरो मोटरकर्प भित्राएको हो ।

Advertisement

नेपालमा भित्र्याइएका नयाँ मोटरसाइकल आईथ्रीएस प्रविधिमा आधारित छन् । आइथ्रीइस प्रविधियुक्त मोटरसाइकल बिनामुभमेन्ट ५ सेकेन्डसम्म स्टार्ट भएपछि आफैं स्टार्ट बन्द हुने र क्लज समातेपछि सहजै स्टार्ट हुने कम्पनीले जनाएको छ । 

भरपर्दो, ऊर्जायुक्त र प्रभावकारी उत्पादनहरू नेपाली बजारमा ल्याएको हिरो मोटरसाइकलको आधिकारिक विक्रेता एनजीएमका अध्यक्ष अभिक ज्योतीले बताए ।

कम्पनीले केही महिना अगाडिमात्रै डुएट स्कुटर बजारमा ल्याएको थियो । कम्पनीले बजारमा ल्याएको स्प्लेन्डर आइस्मार्ट ११० सीसीको मोटरसाइकल भारतको जयपुरमा रहेको नयाँ इनोभेसन सेन्टरमा डिजाइन भएको हो । हिरोका सबै मोटरसाइकलमा ९ पटकको फ्रि सर्भिस र ५ वर्षको वारेन्टी दिइएको छ ।

नयाँ स्प्लेन्डर आइस्मार्ट ११० मोटरसाइकल नेपालमा बिक्री भइरहेको स्प्लेन्डर आइस्मार्ट १०० सीसीको अपग्रेड भर्सन हो । 

यो मोटरसाइकलमा नयाँ बीएस–४ मापदण्डअनुसारको ११० सिसी टर्क अन डिमान्ड अर्थात् टड इन्जिन, फोर स्ट्रोकलगायत फिचर छन् । मोटरसाइकलको अधिकतम ९.१ पीएस मा ७५०० आरपीएम र ९ एनएम मा ५५०० को टर्क छ ।

यो मोटरसाइकल ७.४५ सेकेन्डमा शून्यबाट सुरू गरी ६० किमी प्रतिघण्टाको गतिमा कुद्न सक्ने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स १६५ एमएम छ ।बाइकको तौल १ सय ३० किलो छ । मोटरसाइकलमा ८.५ लिटरको इन्धन ट्यांकी छ । आइस्मार्ट ११० को बजार मूल्य १ लाख ६६ हजार रुपैयाँ तोकिएको छ । 

त्यस्तै सुपर स्प्लेन्डर १२५ मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स १५० एमएम छ भने तौल १ सय ३० किलो छ । १३ लिटरको फ्युल टंयाक रहेको यो मोटरसाइकलको बजार मूल्य १ लाख ७६ हजार रुपैयाँ तोकिएको छ । यो मोटरसाइल पनि आईथ्रीएस प्रविधमा आधारित छ । यसले इन्धन खपत कम गर्नुका साथै सहरी सडकहरूका लागि पनि ज्यादै उपयोगी रहेको छ । यो मोटरसाइकल नयाँ ढाँचामा र अन्यभन्दा बढी टिकाउ हुने कम्पनीको दाबी छ ।

अर्को अचिभर १५० मोटरसाइकलमा बीएस–४ मापदण्डअनुसारको १५० सिसी टर्क अन डिमाण्ड अर्थात् टड इन्जिन रहेको छ । मोटरसाइकलमा एअर–कुल्ड सिलिण्डर, फोर स्ट्रोक इन्जिनले अधिकतम १३.६ पिएस अर्थात् १० किलोवाटको शक्ति दिने कम्पनीले जनाएको छ ।

यो मोटरसाइलकको ग्राउण्ड क्लिरेन्स १ सय ६० एमएम र १३ लिटरको इन्धन टंयाक रहेको छ । हिरो अचिभर १५० को बजार मूल्य २ लाख ३ हजार रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री