मंगलबार, ११ वैशाख २०८१

२० हजार बराबरको रेसिङ गियर अपाचे आरटिआर खरिदकर्ताले पाउने

समयपोष्ट २०७३ मंसिर १० गते ७:०३

जगदम्बा मोटर्सले अपाचे आरटिआर २०० फोरभी खरिदकर्तालाई २० हजार मूल्य बराबरको रेसिङ गियर प्रदान गर्ने भएको छ ।

Advertisement

टिभीएस मोटर कम्पनीका लागी नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सका अनुसार गत भाद्र महिनामा कम्पनीले भित्र्याएको अपाचे आरटिआर २०० फोरभी खरिदकर्ताले मात्रै यो उपहार पाउने छन् ।

यो योजना शुक्रबारदेखि मंसिर १६ गते सम्मका लागि काठमाडौं उपत्यका भित्र मात्रै लागू हुने जगदम्बा मोटर्सले जनाएको छ । 

कम्पनीले ब्राण्ड भ्यालु बढाउन यो योजना अघि सारेको हो । यो सिरीजका बाइकहरु रेसिङ थिममा आधारित, स्टाइलिस लुक तथा भिन्न खालको अनुभुति दिने भएकोले युवापुस्ता माझ लोकप्रिय छ । कम्पनीका अनुसार फ्यूल ट्याङ्की तथा पूर्ण डिजिटल डिस्प्लेले सवारीलाई थप रोमाञ्चक बनाउँछ ।

बाइकमा प्रयोग भएको रेमोरा रेसीङ टायरले चढ्ने मानिसको शरीर नझुकीकनै सजिलैसँग बाटोको मजबुत पकड लिन सहायता गर्ने कम्पनीले जनाएको छ ।

सीमित अवधिका लागि ल्याइएको यो अफरबाट बाइक रेसिङका पारखीहरु लाभान्वित हुने कम्पनीले अपेक्षा लिएको छ ।

हाल यी मोटरसाइकलहरु रातो, पहेंलो, खैरो, कालो, सेतो, सेतो–कालो रङ्गमा उपलव्ध छन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री