सोमबार, २१ असोज २०८१

बैंंकिङ कारोबारलाई सुरक्षित बनाउन सिटिजन बैंकले सार्वजनिक गर्यो सन्देशमुलक भिडियो

समयपोष्ट २०८० मंसिर ५ गते १५:४८

Advertisement

सिटिजन बैंक लिमिटेडले अनलाईन, डिजिटल बैंंकिङ कारोबारलाई सुरक्षित बनाउन सचेतनामुलक भिडियो सार्वजनिक गरेको छ ।

झण्डै चार मिनेट लामो भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेकी छन् । भिडियोमा खेलौनाहरुको माध्यमबाट आम सर्वसाधारणलाई अनलाईन, डिजिटल बैंंकिङ कारोबारलाई सुरक्षित बनाउन सकिन्छ भन्ने बारे जानकारी दिइएको छ ।

भिडियोमा आफ्नो मोवाईलमा मोबाईल बैंकिङ एप डाउनलोड गरी कसरी सुरक्षित कारोवार गर्ने भन्ने जानकारी दिइएको छ ।

भिडियोमा डिजिटल कारोवार गर्दा आफ्नो रकमको सुरक्षा गर्न अनलाईन,मोबाईल बैंकिङ सेवा प्रयोग गर्दा सो विषयमा सबै जानकारी लिनुपर्ने उल्लेख छ ।

Advertisement

अनलाईन बैंकिङ सेवा सुचारु गर्दा बैंकको आधिकारीक वेबसाईट, आधिकारीक एप मात्र डाउनलोड गर्ने, अनलाईन बैंकिङ प्रयोग गर्ने मोबाईल, ल्यापटप, ग्याजेटलाई पासपोर्ट, पिन, प्याटर्न र बायोमेट्रिकले अनिबार्य रुपमा लक गर्ने, अनलाईन बैकिङको युआरएल सधैँ टाईप गर्ने, कुनै पनि इमेल लिंक वा हाईपर लिंक क्लिक गर्न नहुने सन्देश दिईएको छ । अनलाईन बैंकिङको प्रयोगमा ओपिटि, फिंगर प्रिन्ट, मोबाईल नम्बर प्रयोग गर्ने, बैंकको सबै किसिमको अलर्ट सेवाहरु लिन सुझाव दिइएको छ ।

बैंकको स्टेटमेन्ट समय समयमा चेक गर्ने, आफ्नो बैंक अकाउन्टको पासवर्ड, पिन कोर्ड,सिभिसी,ओपिटी,एमपिन,ट्रान्जेक्सन पिन गोप्य राख्ने, बैंकको कर्मचारी हो भन्दै कल आए पनि उक्त जानकारी शेयर गर्न नहुने बताइएको छ ।

बलियो पासवर्ड प्रयोग गर्ने र समय समयमा परिवर्तन गर्ने, पासवर्डहरु कुनै पनि ब्राउजरमा सेभ गरेर राख्न नहुने, सकेसम्म सार्वजनिक वाईफाईबाट बैंकिङ कारोबार गर्न नहुने, आफ्नो मोबाईल वा अनलाईन बैंकिङ एपलाई सधै अप टु डेट राख्ने र कुनै पनि शंकास्पद गतिविधि भएको शंका लागेमा सम्वन्धित बैंकलाई तुरुन्त खबर गर्न भनिएको छ ।

भिडियोमा एटिएम कार्ड हराएमा तुरुन्त बैंकलाई सम्पर्क गरी ब्लक गर्न सुझाव दिइएको छ ।

https://www.facebook.com/ctznbank/videos/900996801375305/?extid=CL-UNK-UNK-UNK-AN_GK0T-GK1C&mibextid=Nif5oz

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री