बिहीबार, २१ मंसिर २०८०

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित परिवारका लागि खाद्यान्न सहयोग

समयपोष्ट २०८० कार्तिक २५ गते १४:४८

Advertisement

सिद्धार्थ बैंकले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुका लागि राहत स्वरुप खाद्यान्‍न सामग्री सहयोग प्रदान गरेको छ।

बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्‍चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई ४५० भन्दा बढी घर परिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसला जस्ता खाद्यान्‍न सामग्रीहरुको राहत प्याकेज बनाई हस्तान्तरण गरेको जनाएको छ।

बैंकले विभिन्‍न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्धार र पुनर्स्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तीय संस्थाको रुपमा सहभागिता जनाउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री