शुक्रबार, ७ वैशाख २०८१

एनसेलको नयाँ अफर ,२५ पैसा प्रतिमिनेट अन्य नम्बरमा कुरा गर्न सकिने

समयपोष्ट २०७३ मंसिर ७ गते ७:०४

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्वाइस प्याकमा ‘एकमा दुई अफर’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले अब करसहित २५ पैसा प्रतिमिनेटसम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्नेछन् । 

Advertisement

ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार यूएसएसडी, आईभिआर, एसएमएस लगायतका माध्यमबाट भ्वाइस प्याक सुचारु गरी  ‘एकमा दुई अफर’ को लाभ लिन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकले हालकै मूल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाइस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्नेछन् । 

साप्ताहिक भ्वाइस प्याकमा ग्राहकले ६० रुपैयाँमा सात दिनको समय सीमा भएको १ सय ४० मिनेट टक टाइम पाउनेछन् । हाल यो प्याकमा ग्राहकले ७० मिनेट पाउने गरेका छन् । त्यसैगरी, मासिक भ्वाइस प्याकमा अब ग्राहकले २ सय रुपैयाँमा ८ सय मिनेट प्राप्त गर्ने एनसेलले जनाएको छ । 

सोमबारबाट लागू भएको यो योजना तीन महिनासम्म कायम रहने एनसेलले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री