बुधबार, १२ वैशाख २०८१

विकास र समृद्धिले गति लिन सुचनाको हक प्रभावकारी रुपले कार्यान्वयन हुन आवश्यक छ : प्रधानमन्त्री

समयपोष्ट २०७३ मंसिर ६ गते ८:४२


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हक जति प्रभावकारी रुपमा कार्यान्वयन भयो, त्यति नै विकास एवं समृद्धिले गति लिने बताएका छन् ।
सोमबार राष्ट्रिय सूचना आयोगको सूचनाको हक कार्यान्वयनको परीक्षण प्रतिवेदन, २०७३ को सार्वजनिक गर्दै प्रधानमन्त्रीले विकास एवं समृद्धिले गति लिन सूचनाको हक प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।

Advertisement

कार्यक्रममा प्रधानमन्त्रीले सुशासन र लोकतन्त्रको सुदृढीकरणका लागि समेत सूचनाको हक आवश्यक रहेको उल्लेख गरे । उनले राजा महाराजाहरु शासन बलियो हुन सुचना लुकाउनुपर्ने ठान्दथे तर अहिले त्यस्तो अवस्था नरहेको भन्दै भने,  ‘हिजो शासन सत्तामा राजा, महराजाहरु थिए । उनीहरुले सूचना लुकाउनुलाई आफ्नो शासन बलियो भएको ठान्थे । अहिले राजा, महाराजा छैनन् । अब हामीले पनि आफ्नो सोंच बदल्नुपर्छ । उनले भने,सूचनाको हक जति प्रभावकारी रुपमा कार्यान्वयन भयो, त्यति नै लोकतन्त्र बलियो हुन्छ, सुशासन कायम हुन्छ र विकास एवं समृद्धिले गति लिन्छ ।’

कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव डा.सोमलाल सुवेदी, राष्ट्रिय सूचना आयोगका प्रमूख आयुक्त कृष्णहरि बाँस्कोटा लगायतले सूचनाको हक र नेपाल सरकारका विभिन्न निकायहरुको कार्य प्रगति अवस्थाबारे धारणा राखेका थिए । । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री