बुधबार, १२ वैशाख २०८१

भगवान शिवको यसरी भयो जन्म

समयपोष्ट २०७३ मंसिर ५ गते ७:१९

विष्णु पुराणमा भगवान शिवको जन्मको बारेमा वर्णन गरिएको कहानीलाई शिवको बाल रुप वर्णनकोे बारेमा लिईन्छ। विष्णु पुराणमा उल्लेख भएअनुसार ब्रह्मालाई एउटा बच्चाको अति आवश्यक थियो । बच्चाको लागि ब्रह्माले तपस्या गर्न थाले । त्यतिनैबेला उनको काखमा रुदै गरेको एउटा बालक प्रकट भयो । ब्रह्माले त्यस बालकलाई रुनुको कारणबारे सोधे । त्यतिबेला बालक शिवले उनको नाम ब्रह्मा नभएको कारण आफु रोएको बताए । शिवलाई खुसी पार्न ब्रह्माले शिवको नाम रुद्र राखिदिए । जसको अर्थ हुन्छ रुने वाला । त्यो नामले पनि शिव खुसी भएनन् । त्यसपछि ब्रह्माले अर्को नाम दिए त्यो पनि शिवलाई मनपरेन । ब्रह्माले अनेक प्रकारले फकाउदै शिवको आठ ओटा नामहरु दिए ,रूद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । त्यसपछि भगवान शिव यि नामहरुबाट चिनिन थाले । शिव पुराणको अनुसार यि नामहरु पृथ्वीमा लेखिएको थियो ।

Advertisement

यसरी शिव ब्रह्मा पुत्रको रुपमा जन्मिए । शिवको यहि जन्मको अर्को एउटा पौराणिक कथा पनि छ जुन विष्णु पुराणमा उल्लेख छ । विष्णु पुराणमा उल्लेख भए अनुसार जब धरती, आकाश,पाताल समेत पूरा ब्रह्माण्ड जलमग्न थियो त्यतिबेला ब्रह्मा, विष्णु र महेश (शिव)बाहेक कुनै देव अथवा प्राणीको अस्तित्वनै यस ब्रह्माण्डमा थिएन । त्यतिबेला भगवान विष्णु जल सतहमा शेषनाग माथि पल्टिरहेका देखिन्थे । सोहि समय उनको नाभिबाट कमलको फुलमा ब्रह्माजी प्रकट भए । जब ब्रह्मा,विष्णु सृष्टिको विषयमा कुरा गरिरहेका थिए सोहि समय भगवान शिव पनि प्रकट भए । त्यतिबेला ब्रह्माजीले शिवलाई चिन्ह इनकार गर्दिए । 

 शिव रिसाउने डरले भगवान विष्णुले ब्रह्माजीलाई दिव्य दृष्टि प्रदान गरि शिवको बारेमा याद दिलाईदिए । ब्रह्मालाई आफ्नो गल्ति महसुस भयो । उनले शिवसंग तत्काल क्षमायाचना गर्दै  शिवसंग आफ्नो पुत्रको रुपमा जन्म लिने आर्शिवाद मागे । शिवले पनि  ब्रह्माको आर्शिवाद स्विकार गर्दै आफु  ब्रह्माको पुत्रको रुपमा जन्म लिने आर्शिवाद दिए । कालांतरमा विष्णुको कानको मयलबाट जन्मिएका  मधु _कैटभ राक्षसलाई मारिसकेपछि जब  ब्रह्माले सृष्टिको रचना गर्न शुरू गरे तब उनलाई एउटा बच्चको आवश्यकता पर्यो । उनलाई भगवान शिवको आर्शिवादको सम्झना भयो । त्यसपछि ब्रह्माले तपस्या गरे । तपस्या पश्च्यात बालक शिव बच्चाको रुपमा ब्रह्माको काखमा प्रकट भएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री