आइतबार, १४ जेठ २०८०

नेकपा (माओवादी)का नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन बैद्य एउटै मञ्चमा देखिदै

समयपोष्ट २०७३ मंसिर ५ गते ६:१५

तत्कालीन नेकपा (माओवादी) र सरकारवीच विस्तृत शान्ति सम्झौता आज दश वर्ष पूरा भएको छ । 

Advertisement

विस्तृत शान्ति सम्झौता भएको दश वर्ष पूरा भएको अवसरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) निकट मानिने जनअभियान अधिकार नेपालले वामपन्थी नेताहरूलाई एउटै मञ्चमा राखेर विशेष कार्यक्रम गर्दैछ ।

कार्यक्रमका लागि मञ्चले नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन बैद्य, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, अधिकारकर्मी दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधर, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ, कांग्रेसका नेता प्रदीप गिरी र एमालेका सचिव प्रदीप ज्ञवालीलाई आमन्त्रित गरेको  छ ।

काठमाडौंमा आज हुन लागेको कार्यक्रममा ‘विस्तृत शान्ति सम्झौता, संविधान र राजनीतिक कार्यदिशा’ विषयमा अन्तरक्रिया हुनेछ ।

सो अन्तरक्रिया कार्यक्रममा नेकपा (माओवादी) निकट मञ्चले वामपन्थी र कांग्रेसी नेताहरूलाई एउटै मञ्चमा राखेर कार्यक्रम गर्न लागेको आयोजकहरूले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री