शनिबार, ८ वैशाख २०८१

एशिया कप टी-२० महिला क्रिकेट प्रतियोगिताको राष्ट्रिय टोली घोषणा

समयपोष्ट २०७३ मंसिर ३ गते ७:१५

 एशिया कप टी-२० महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

Advertisement

आज १५ सदस्यीय प्रशिक्षक, कप्तान तथा आइसीसी प्रतिनिधि सम्मिलित छनौट समितिले नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीको कप्तानीको जिम्मेबारी रुविना क्षेत्रीलाई कायमै राखिएको छ ।

नेपाली टोलीका सदस्यहरुमा इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ,संगीता राई ,करुणा भण्डारी, शोभा आले,नेरी थापा, नीरा राजोपाध्याय, रश्मी शर्मा चौलागाईं, रोशनी बोहर, सवनम राई, सीता मगर, सरस्वती कुमारी चौधरी र सीता रानामगर  रहेका छन् ।

आगामी नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म हुने एशिया कप महिला टि-२० क्रिकेटमा नेपालले एशियाली टेष्ट मुलकका टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेल २६ नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ । त्यस्तै २८ नोभेम्बरमा श्रीलंका, २८ नोभेम्बरमा बंगलादेश, १ डिसेम्बरमा आयोजक थाइल्याण्ड र २ डिसेम्बरमा भारतीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री