बिहीबार, १३ वैशाख २०८१

नेपालको जस्तो सफल र मौलिक शान्ति प्रक्रिया विश्वमा कमै भेटिन्छन् :प्रधानमन्त्री

समयपोष्ट २०७३ मंसिर १ गते १३:३९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा शान्ति प्रक्रियाका विभिन्न मोडल भएपनि नेपालको जस्तो मौलिक र सफल शान्ति प्रक्रिया  कमै भएको बताएका छन् । 

Advertisement

बुधबार नेपाल ‘ट्रान्जिसन टु पिस इन्स्टिच्यूट’ले आयोजना गरेको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले विश्वमा शान्ति प्रक्रियाका प्रशस्त प्रयासहरु भएतापनि नेपालको जस्तो सफल र मौलिक शान्ति प्रक्रिया कमै भएको बताएका हुन् ।

प्रधानमन्त्रीले विश्वमा शान्ति प्रक्रियाका विभिन्न मोडल भएपनि नेपालको जस्तो मौलिक र सफल शान्ति प्रक्रिया कमै भएको बताउँदै भने, ‘संसदीय मुलधारको नेतृत्व गरेका पार्टीहरु र परिवर्तनको मुलधारको नेतृत्व गरेको माओवादी पार्टीबीच राजनीतिक समझदारी कायम भई राजतन्त्रका विरुद्ध संयुक्त संघर्ष हुनु र राजनीतिक संघर्षको विजयपछि तिनै शक्तिहरुका बीचमा शान्ति सम्झौता हुनु सामान्य विषय होइन । उनले भने, ‘ विश्वमा शान्ति प्रक्रियाका प्रशस्त प्रयासहरु भएका छन् । तर, नेपालको जस्तो सफल र मौलिक शान्ति प्रक्रिया विश्वमा कमै भेटिन्छन् ।’

सम्मेलनमा प्रधानमन्त्रीले माओवादी पार्टी पुरानो मुलधारमा आएको नभएर सबै शक्तिहरुले आफ्ना पुराना मान्यता छोडेर नयाँ मुलधारमा आएको उल्लेख गरे।

उनले १२ बूंदे राजनीतिक समझदारीले शान्ति प्रक्रियाको जग बसालेको भन्दै युद्धकै बीच पनि शान्तिको खोजी गर्दै अगाडि बढेको स्मरण गरे ।

प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्न लागेको जानकारी गराउँदै भने, ‘अब देशमा हिजोको जस्तो सशस्त्र द्धन्द्ध छैन । तर, सबैको भावना र मुद्धाहरुको सम्बोधन गर्न केही बाँकी छ । उनले अगाडी थपे,‘ हाम्रो संविधान गतिशील दस्तावेज हो । अहिलेको राजनीतिक शक्ति सन्तुलन र परिस्थितिका आधारमा संविधानको स्वीकार्यता फराकिलो बनाएर हामी अघि बढ्छौं ।

उनले२०७४ माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन सम्पन्न गरेर नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने समेत उल्लेख गरे ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री