बिहीबार, १३ वैशाख २०८१

डीएभीले गर्यो एमबीए अध्ययन गरेका विधार्थीलाई सम्मान

समयपोष्ट २०७३ मंसिर १ गते ३:३६

डीएभी बिजनेस स्कुलले एमबीए कार्यक्रममा अध्ययन गरेका विधार्थीहरुलाई ग्रयाजुएशन कार्यक्रम आयोजना गरी सम्मान सहित बिदाई गरेको छ । 
भिएभीले एमबीए कार्यक्रमा सन् २०११ देखी १६ सम्मका विधार्थीहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी पुर्बञ्चल विश्वबिद्यालय उपकुलपति प्रा.डा. घनश्यामलाल दासले गरे। बिशेष अतिथीका रूपमा विश्वबिद्यालयका अनुदान आयोगका प्रा. डा. देवराज अधिकारी थिए ।
सम्मान कार्यक्रमलाई संबोधन गर्दै डीएभी बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले शिक्षाको गुणस्तर उकास्न सबै सरोकारवाला लाग्नुपर्ने र बिद्यार्थीको क्षमता अभिवृद्धी गर्नुपर्ने आवश्यकता रहेको बताए । बिद्यार्थीले मेहनत गर्नुपर्नेमा उनले जोड दिए ।
dav-2

Advertisement

कार्यक्रममा पुर्व प्रधानसेनापति रुक्मंगुद कटवालले बिद्यार्थीको भविष्य निर्माण गर्न डीएभी कलेज एउटा सबैको लोकप्रिय संस्था भएको र बिधार्थीहरुको मेहनतबाट नै उनीहरुको ज्ञान र सीप अभिवृद्धी हुने बताए । उनले सिकेका कुरा व्यवहारमा लागु गर्न सक्ने बिद्यार्थी डीएभीले उत्पादन गर्नु प्रसंशनीय भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री