शनिबार, ८ वैशाख २०८१

राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) को अध्यक्षमा पुनः पद्य ज्योति

समयपोष्ट २०७३ मंसिर १ गते ३:०२

राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) को अध्यक्षमा पुनः पद्य ज्योति निर्विरोध चयन भएका छन् । कुरिनटारमा सम्पन्न एनबिआईको दसौं वार्षिक साधारणसभाबाट ज्योति निर्विरोध चयन भएका हुन् ।
उपाध्यक्षमा कुशकुमार जोशी, महासचिवमा सुरेन्द्रवीर मालाकार र कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । त्यसैगरी सचिवद्वयमा सुरेश प्रधान र सरोज पाण्डे तथा सह कोषाध्यक्षमा उमेश श्रेष्ठ निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा डा बाबुराम पोखरेल, एलपी साँवा लिम्बु, गोपीकृष्ण न्यौपाने, बच्चुनारायण श्रेष्ठ, दीपक मलहोत्रा, राजेश खड्का, अरनिको राजभण्डारी, जयराम लामिछाने, होमनाथ उपाध्याय, उमेशलाल श्रेष्ठ, राजेश बाबु श्रेष्ठ, शिवप्रसाद घिमिरे, रबिन्द्रमान सिंह र लता प्याकुरेल निर्वाचित भएका छन् ।

Advertisement

नेपालमा असल व्यवसायिक अभ्यास प्रवद्र्धनलाई अझ सशक्त बनाउन दोश्रो जिम्मेवार व्यवसाय सम्मेलनको आयोजना गर्ने एनबिआईले निर्णय गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री