शनिबार, १५ वैशाख २०८१

नेपाल विद्युत् प्राधिकरण विद्युत् चुहावट नियन्त्रण गर्दै,चुहावट गर्नेबाट मात्र १ करोड १५ लाख ८० हजार असुल्यो

समयपोष्ट २०७३ कार्तिक ३० गते ६:१६


नेपाल विद्युत् प्राधिकरणले हुकिङ र मिटरमार्फत विद्युत् चुहावट गर्नेबाट १ करोड १५ लाख ८० हजार असुल गरेको छ । 
प्राधिकरणले सञ्चालन गरेको चुहावट नियन्त्रण विशेष अभियान अन्तर्गत प्रत्यक्ष हुकिङ चुहावटबाट ५८ लाख ५८ हजार, मिटरमार्फत ४८ लाख ७७ हजार तथा क्षमताभन्दा बढी सञ्चालन गर्नेबाट ८ लाख ४४ हजार असुल गरेको हो । 

Advertisement

हाल रहेको २५.७८ प्रतिशत बिजुली चुहावटलाई ३.५ प्रतिशत घटाउने उद्देश्यसहित प्राधिकरणले चुहावट नियन्त्रण विशेष अभियान सञ्चालन गरिरहेको छ  । 
प्राधिकरणले चुहावटबाट सञ्चालन भएका टिभी, मोटरलगायतका ५४३ उपकरण समेत जफत गरेको छ । 

त्यस्तै प्राधिकरणले प्रत्यक्ष हुकिङ र मिटरमार्फत बिजुली चोरी गर्ने ३८ सय ४९ हुकिङ र २०९ वटा मिटरमार्फत चुहावट गर्ने को विद्युत् पनि कटौती गरेको  छ ।
प्राधिकरणले प्रत्यक्ष हुकिङ र मिटरमार्फत बिजुली चोरी गरेको आरोपमा  ४२२ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही सुरु गरिसकेको प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री