शुक्रबार, १६ चैत २०८०

६८ बर्षपछि आज सबैभन्दा ठूलो र चम्किलो चन्द्रमा (सुपरमून) देखिदै ,यसकारण देखिदै छ पृथ्वीबाट सुपरमून  

समयपोष्ट २०७३ कार्तिक २९ गते ७:११

आज पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो चन्द्रमा(सुपरमून) देखिने भएको छ ।अमेरिकी अन्तरिक्ष एजेन्सि नासाको अनुसार करीब ६८ साल पछि पृथ्वीबाट चन्द्रमालाई सबैभन्दा चम्किलो र ठूलो आकारमा देखिने भएको हो ।आज चन्द्रमा पृथ्वीबाट करीब ५० हजार किलोमिटर नजिक रहने नासाले जनाएको छ । नासाको अनुसार अब यहि आकारको चन्द्रमा(सुपरमून) हेर्नको लागि सन् २०३४ सम्म कुर्नुपर्ने छ । 

Advertisement

पृथ्वीको चारैतिर चन्द्रमाको कक्ष अंडाकार रहेको छ । जसले यि दुई बिच समयानुसार दुरी बनाउने गर्दछ । तर जब चन्द्रमा पृथ्बीको सबैभन्दा नजिक आइपुग्छ त्यतिबेला यसको आकार सामान्य भन्दा अधिक ठूलो र चम्किलो देखिन्छ यसकारण आज देखिने चन्द्रमा लाई सुपरमूनको संज्ञा दिएको हो । नासाको अनुसार यो सुपरमून सामान्य पुर्णिमाको रात देखिने चन्द्रमा भन्दा १४ देखि ३० प्रतिसत बढी चम्किलो हुनेछ । 

आज देखिने सुपरमूनसंग जोडिएका केही महत्वपुर्ण तथ्यहरु 

१.पृथ्वीबाट चन्द्रमाको दुरी सबैभन्दा कम

२.सन् १९४८ यानि ६८ बर्ष पछि देखिन लागेको 

३.जब चन्द्रमा आज पृथ्वीको नजिक हुन्छ यि दुई बिचको दुरी करीब ३,५६,५०८ किलोमिटर हुनेछ 

४.अन्य दिन चन्द्रमाको र पृथ्वी विचको दुरी ३,८४,४०२ किलोमिटर हुन्छ 

५.जव चन्द्रमा पृथ्बीबाट सबैभन्दा टाढा हुन्छ तब यसको दुरी चार लाख छ हजार किलोमिटर को नजिक हुन्छ 

६.यसो हुँदा सबैभन्दा नजिक र टाढाको चन्द्रमा बीचको अन्तर ५० हजार किलोमिटर हुन जान्छ 

७.सबैभन्दा टाढाको चन्द्रमाबाट सबैभन्दा नजिको चन्द्रमा (सुपरमून) करीब १४ प्रतिसत् ठूलो र ३० प्रतिसत् चम्किलो देखिन्छ 

प्रतिक्रिया

सम्बन्धित सामाग्री