बुधबार, २६ वैशाख २०८१

यसकारण ब्राह्मण जातिको  खानामा वर्जित छ लशुन,प्याज

समयपोष्ट २०७३ कार्तिक २८ गते १०:५१

लसुन ,प्याज ,च्याउँ जस्ता चिजहरु ब्राह्मण जातका मानिसहरुले खानु हुदैन भन्ने अक्सर सुनिन्छ । अझ नेपाली समाजमा त उखाननै छ बाहुनले च्याउँ खावस् न स्वाद पाओस् । यस विषयमा ब्यक्तिनै पिच्छे फरक फरक धारणा रहेको पाईन्छ । कोहि धार्मिक आस्थालाई  जोडेर लसुन ,प्याज खादैनन् भने कोहि यसको पछाडी बैज्ञानिक कारण रहेको बताउँछन् ।
आयुुर्वेका अनुसार खाद्य पदार्थहरुलाई तिन श्रेणीमा राखिएको छ  
 

Advertisement

सात्विक , राजसिक र तामसिक 

सत्वा  : शान्ति, संयम, पवित्रता र मनको शान्ति जस्ता गुण  
राजस : उत्तेजना र खुसि जस्ता गुण 
तामस : क्रोध, उत्तेजना, अहंकार र विनाश जस्ता गुण

प्याज र लशुनका विरुवाहरुलाई राजसिक र तामसिक श्रेणीमा वर्गिकरण गरिएको छ । जसको अर्थ हुन्छ लसुन र प्याजले उत्तेजना र अज्ञानतामा बृद्धि गर्दछ । हिंदु धर्ममा हिंसा पनि वर्जित छ । लसुन र प्याज जस्ता बोट विरुवा उमार्न जमिनमा समुचित सफाईको आवश्यकता पर्न जान्छ ।यसरी सफाई गर्दा शुक्ष्म जिवहरुको मृत्यु हुन्छ। जुन चिज उमार्दा नै हिंसा हुन्छ त्यस्ता चिज ब्राह्मण जातिले खान नहुँने बताईन्छ ।

त्यस्तै माछा ,मासु ,लसुन,प्याज,च्याउँ जस्ता खानेकुराहरुले अशुद्ध खाद्य श्रेणीमा पर्ने हुँदा यसले अशुद्धता बढाउँने गर्दछ । यस्ता चिजको अधिक मात्रामा सेवन गर्नाले मानिसको दैनिक ब्यवहारमा नकारात्मक परिवर्तन आउँदछ । ब्राह्मणहरुले हिन्दु परम्पराअनुसार सवै कार्य गर्नुपर्ने हुँदा उनीहरु शुद्ध हुन आवश्यक छ । देव देवताहरु प्राकृतिक रुपमै सात्विक हुने हुँदा ब्राह्मणहरु शुद्ध हुनुपर्ने हुन्छ । यसकारण ब्राह्मणहरुको भोजनमा प्याज र लशुन वर्जित छ ।

Advertisement

सनातन धर्मको वेद शास्त्र अनुसार लशुन प्याज जस्ता तरकारीमा प्रयोग हुने चिजले रिस,द्धेष,उत्तेजना र अज्ञानतालाई बढावा दिने गर्दछ । जसले आध्यात्मिक मार्गमा हिड्न बाधा पैदा गरिदिन्छ ।यसले मानिसको चेतना प्रभावित हुनजान्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री